प्रधानमन्त्रीसँग छलफल लगतै सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष, के हो आरोप ?
arthasansar.com · Mon Sep 14 11:03:15 GMT 2026

नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो ।
अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन शाहसँग भएको छलफलमा सहभागी भएका थिए । सो छलफलमा सहभागी भएर फर्कने क्रममा उनलाई गेटबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार अध्यक्ष तामाङलाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)