बाढी प्रभावितका लागि आर्या फार्माले नुवाकोटमा ७ दिने स्वास्थ्य शिविर चलाउने
nepalpress.com · Mon Sep 14 11:03:11 GMT 2026

काठमाडौं । आर्या फार्मा ल्याब प्रालिले बाढी प्रभावित क्षेत्र नुवाकोटमा सातदिने निःशुल्क सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । प्रभावित समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले चितवन मेडिकल कलेजसँग सहकार्य गरेको जनाएको छ ।
शिविर नुवाकोटको विदुर नगरपालिकाका बाढी प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गरी आयोजना गरिनेछ । जसअनुसार विदुर नगरपालिका–७ स्थित सलोचना स्कुल, वडा नं. ५ स्थित त्रिशूली विद्यालय तथा वडा नं. ९ स्थित भैरवडाँडामा शिविर सञ्चालन गर्ने कार्यतालिका छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)