त्रिभुवनराजपथ भासियो, एकतर्फी सुचारु
gorkhapatraonline.com · Mon Sep 14 11:06:09 GMT 2026

मकवानपुरको भीमफेदी गाउँपालिका –९ अघोर बजारनजिक त्रिभुवनराजपथको सडक भासिएपछि यातायात प्रभावित भएको छ । सोमबार बिहान ९ बजेर ४० मिनेटमा सडकको तल्लो भाग भासिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भासिएको सडक हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । सडक भासिएपछि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा ट्राफिकसहितको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले सडक विभागसँग समन्वय गरी भासिएको स्थानमा अस्थायी ट्रयाक निर्माण गर्ने पहल गरिरहेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)