अमेरिकी हतियार बिक्रीमा उत्तर कोरियाको चेतावनी
ratopati.com · Thu Aug 27 09:42:53 GMT 2026

काठमाडाैँ। अमेरिकाले दक्षिण कोरियालाई क्षेप्यास्त्र बिक्री गर्ने तथा उत्तर कोरियामा मानवअधिकार र सूचना प्रवाहसम्बन्धी कार्यक्रमलाई आर्थिक सहयोग गर्ने योजना अघि बढाएपछि प्योङयाङले त्यसको ‘शक्तिशाली प्रतिक्रिया’ दिने चेतावनी दिएको छ।
उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले दक्षिण कोरियालाई अमेरिकी हतियार बिक्रीले क्षेत्रीय सुरक्षा वातावरणमा पार्ने प्रतिकूल प्रभाव बेवास्ता गर्न नसकिने बताएका छन्। उनको भनाइ सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सीले बिहीबार सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)