जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायिक पुनरुउत्थान गर्न भन्सार र अन्तःशुल्कमा छुट, रोयल्टी मिनाहा
clickmandu.com · Fri May 29 16:33:49 GMT 2026

काठमाडौं । सरकारले ‘जेन्जी आन्दोलन’ का क्रममा भौतिक क्षति बेहोरेका उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूका लागि राहत प्याकेज घोषणा गरेको छ । आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट पीडित व्यवसायीहरूलाई पुनःस्थापना र व्यवसाय पुनः सञ्चालनमा सहयोग पुर्याउन भन्सार, अन्तःशुल्क र रोयल्टीमा छुट घोषणा गरेको हो ।
आन्दोलनका क्रममा प्रभावित भएका उद्योग वा व्यावसायिक प्रतिष्ठानका भवन, फर्निचर, यन्त्र तथा उपकरणमा भएको क्षतिको पुनःस्थापनाका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने भन्सार महसुल र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले शुक्रबार संसदमा पेश गरेको आर्थिक विधेयक मार्फत उक्त छुटको घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)