गण्डकीमै पहिलोपटक भानु नगरपालिकाबाट भूमि प्रशासन सेवा सुरु
gorkhapatraonline.com · Mon Sep 14 11:28:14 GMT 2026

। गण्डकी प्रदेशमा पहिलोपटक तनहुँको भानु नगरपालिकाबाट भूमि तथा जग्गा प्रशासनसम्बन्धी सेवा सोमबारबाट सुरु भएको छ । स्थानीय तहबाट नै सेवा सुरु भएपछि जग्गासम्बन्धी कामका लागि सेवाग्राहीले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ ।
भानु नगरपालिका–१, भन्सारस्थित सेवा प्रवाह कार्यालयबाट सुरु भएको सेवाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डिजिटल माध्यमबाट उद्घाटन गर्नुभयो । सेवा शुभारम्भका क्रममा भानु नगरपालिका–२ का तोरणबहादुर अधिकारीलाई जग्गाधनी प्रमाणपूर्जा प्रदान गरिएको थियो । नगर प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी लगायतले अधिकारीलाई संयुक्त रूपमा जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)