केयरगिभरमा १५ हजारले दिए अंग्रेजी भाषा परीक्षा, १२ सय पास
onlinekhabar.com · Mon Jun 22 12:24:34 GMT 2026

८ असार, काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली स्वास्थ्य सहायक (केयरगिभर) लागि लिइएको अंग्रेजी भाषा परीक्षामा १ हजार २ सय जना मात्रै पास भएका छन् । केयरगिभरका लागि आवेदन दिएका १५ हजारभन्दा बढी आवेदकमध्ये १ हजार २ सय ३१ जना मात्रै पास भएका हुन् ।
केयरगिभरको आवेदन दिनका लागि अंग्रेजी भाषा परीक्षाको स्पिकिङमा ‘बी वान’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ । सोही अनुसार त्रिपुरेश्वरमा सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसनमार्फत अंग्रेजी भाषा परीक्षा लिइएको थियो । जसमा १५ हजार ६ सय २६ जनाले भाषा परीक्षा दिएका थिए । तीमध्ये पास हुनेको संख्या जम्मा ७.८ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)