ह्याट्रिकपछि फेरि मैदानमा उत्रिदै मेस्सी, एक गोलले मात्र बन्नेछ विश्वकीर्तिमान
nepalviews.com · Mon Jun 22 12:28:30 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ मा समूह ‘जे’ को दोस्रो खेलमा सोमबार साविक विजेता अर्जेन्टिना र अस्ट्रिया आमनेसामने हुँदै छन्। अमेरिकाको डलासमा हुने खेलमा दुवै टोली लगातार दोस्रो जित हासिल गर्दै राउन्ड अफ ३२ मा पुग्ने लक्ष्यमा छन्।
पहिलो खेलमा अल्जेरियामाथि सहज जित हासिल गर्दै कप्तान लियोनल मेस्सीले ह्याट्रिक गर्दै अर्जेन्टिनाको जितमा निर्णायक भूमिका खेलेका थिए। ३८ वर्षीय मेस्सीले आफ्नो छैटौं विश्वकप खेल्दै गर्दा प्रतियोगितामै पहिलोपटक ह्याट्रिक पूरा गरेका हुन्। सो प्रदर्शनसँगै उनले विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान पनि बराबरी गरेका छन्। अब एक गोल गरे मेस्सी विश्वकमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)