फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी
corporatenepal.com · Mon Sep 14 11:36:19 GMT 2026

पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताउनुभयो । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो ।
म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बालबालिका तथा किशोरकिशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाउनुभएको छ । उहाँले आगामी वर्ष राष्ट्रपतिको कार्यकाल सकिनुअघि नै प्रतिबन्ध लागू हुने अपेक्षा व्यक्त गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)