वर्षौंपछि खुल्यो सेतीको गेट, ‘सेटिङ’ मा गरिएको थियो बन्द
nepalpress.com · Mon Sep 14 11:42:02 GMT 2026

धनगढी । लामो समयदेखि बन्द रहेको सेती प्रादेशिक अस्पतालको पुरानो भवनअगाडिको गेट खोलिएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टको निर्देशनपछि गेट खोलिएको हो ।
प्रसूति कक्षअगाडि मुख्य सडकसँग जोडिएको गेट बन्द हुँदा आवतजावतमा समस्या भएको गुनासो सेवाग्राहीले गर्दै आएका थिए । सेवाग्राहीको गुनासोका आधारमा मुख्यमन्त्री भट्टले सामाजिक विकास मन्त्रालयमार्फत गेट खोल्न अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)