आँसु, मुस्कान र शक्तिमिश्रित नारी उत्सव
janaaastha.com

तीज आउँदा गाउँका बाटाहरू फेरिन्छन्, सहरका गल्लीहरू राताम्य हुन्छन्। रातो सारीमा सजिएका महिलाका समूह देखिन्छन्। हातभरि चुरा, गलामा पोते, निधारमा रातो टीका र अनुहारभरि मुस्कान हुन्छ। कतै मन्दिरमा घण्टी बजिरहेको हुन्छ, कतै तीजका भाका गुञ्जिरहेका हुन्छन्। बाहिरबाट हेर्दा तीज उल्लास, नाचगान र शृङ्गारको पर्वजस्तो देखिन्छ। तर ती रातो पहिरनभित्र, चुराको झंकारभित्र र गीतका शब्दभित्र नेपाली नारीको लामो कथा लुकेको हुन्छ—आँसुको कथा, त्यागको कथा, प्रतीक्षाको कथा, प्रेमको कथा र अन्ततः आफ्नै अस्तित्वका लागि निरन्तर लड्दै आएको शक्तिको कथा।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)