रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार सहयाेग गर्ने
ratopati.com · Mon Sep 14 12:27:11 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा थप आर्थिक योगदान गर्ने भएका छन्। संसदीय दलका पदाधिकारीहरूबिच भएको अनौपचारिक छलफलपछि प्रत्येक सदस्यबाट न्यूनतम रु. १५ हजार योगदान गर्ने प्रस्ताव अघि बढाइएको हो।
यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रु. ५० लाख प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने निर्णय भइसकेको छ। पार्टीको तर्फबाट गरिएको उक्त योगदानमा संसदीय दलका सदस्यहरूबाट पार्टीमा कट्टा हुँदै आएको मासिक लेवीसमेत समावेश गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)