कांग्रेसमा मिलनबिन्दु भेटिने सम्भावना कति ?
ratopati.com · Mon Sep 14 12:30:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको आइतबार बसेको कार्यसम्पादन समिति बैठकले ‘१५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष महाधिवेशन सम्पन्न हुनुपूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने’ निर्णय गर्यो । यो निर्णयले पार्टीभित्रको समस्या समाधान होला त भन्नेबारे सर्वत्र चासो बढाएको छ ।
गत पुस अन्तिम साता केन्द्रीय समितिको असहमतिबिच तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनपछि पार्टीभित्र विवाद बढेको हो । लामो समयदेखि जारी विवादको ‘मिलनबिन्दु’ पहिल्याउन भन्दै कार्यसम्पादन समिति बैठकले पछिल्लो निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)