वाढीबाट प्रभावित क्षेत्रमा एनटीसीको सेवा पुनः सञ्चालनमा
himalpress.com · Sat Aug 29 01:19:01 GMT 2026

काठमाडौँ- नेपाल टेलिकमले वाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूको सेवा पुनः सञ्चालनमा तिव्रता दिएको छ । भदौ ११ देखि हेलिकप्टरबाट कर्मचारीहरु परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका ६ मा अवस्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको छ ।
साथै भदौ १२ गते सवेरै देखि नेपाल टलिकमका प्राविधिकहरु रसुवा, नुवाकोट, धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन हुन बाँकी रहेका स्थानहरुमा सेवा सञ्चालन गर्न तथा सञ्चालनमा आइसकेका टावरहरुलाई थप भरपर्दो बनाउन निरन्तर कार्यक्षेत्रमा खटिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)