अमेरिकी डिभी लोटरी खारेजीका लागि संघीय संसद्मा विधेयक दर्ता
ekantipur.com · Thu Feb 13 17:16:32 GMT 2025
काठमाडौँ — अमेरिकाका रिपब्लिकन सांसदहरूले डिभी (डाइर्सिटी भिसा) लोटरी खारेजीका लागि संसद्मा विधेयक पेश गरेका छन् । जर्जियाबाट प्रतिनिधित्व गर्ने सत्तापक्ष रिपब्लिकन पार्टीका सांसद माइक कोलिन्सले डिभी लोटरी खारेज गर्ने विधेयक अमेरिकाको तल्लो सदनमा पेश गरेका हुन् । उनले बुधबार कंग्रेसमा 'द सेक्युरिटी एण्ड फेयर नेस इन्ह्यान्समेन्ट फर अमेरिका-२०२५' दर्ता गराएका हुन् ।
कोलिन्सले ल्याएको विधेयकलाई रिपाब्लिकनका तीन सांसदले समर्थन गरिसकेका छन् । टेनिसीका सांसद एन्डी अगलेस, टेक्ससका ब्रान्डन गिल र फ्लोरिडाका माइक हरिडोपोलोसले समर्थन गरेका हुन् । आफुले बिल ल्याउनुको मुख्य उद्देश्य डीभी लोटरी अन्त्य गर्ने र लोटरी विजेताहरुले आफ्ना परिवारका सदस्यहरुलाई प्राथमिकताका साथ दिइने ग्रीन कार्ड (पर्मानेन्ट रेसीडेन्ट)का लागि तत्काल प्रक्रिया अघि बढाउन रोक्ने रहेको सांसद कोलिन्सले दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)