गगन नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुन देउवा पक्षको अपिल
barnanmedia.com · Mon Sep 14 13:24:56 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाको नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुन इतरपक्षले अपिल गरेको छ।
सोमबार पूर्वसपभाति शेरबहादुर देउवा पक्षका महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पत्रकार सम्मेलन गरी थापा नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुने अपिल गरेका हुन्। इतर पक्षको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा डा. कोइरालाले भने, ‘असोज ३ गतेबाट विधि, प्रक्रिया मिची सुरु गर्ने भनिएको तथाकथित अधिवेशन/महाधिवेशनमा भाग नलिन आग्रह गर्दछौं।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)