हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
barnanmedia.com · Mon Sep 14 13:35:47 GMT 2026

यमनका इरान–समर्थित हुथी विद्रोहीले दक्षिणी लाल सागरका थप रणनीतिक टापुहरू कब्जा गरेका छन् । सरकारी र हुथी अधिकारीका अनुसार सोमबार भएको यो कदमले महत्वपूर्ण समुद्री जलमार्गमा विद्रोहीको नियन्त्रण थप बलियो बनाएको छ।
हुथीहरूले ‘ग्रेटर हानिश’ र ‘लेसर हानिश’ टापुमा नियन्त्रण कायम गरेका हुन्। यो घटनाक्रम साउदी अरबको समर्थन प्राप्त यमनी सरकारी सेनाले ‘बाब अल–मान्देब जलसन्धि’ आसपास हुथीहरूको तीव्र अग्रगमन रोक्न जवाफी कारबाहीको प्रयास गरिरहेका बेला भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)