ऐतिहासिक पानढीकी टक्सा पुनर्जीवनतर्फ
gorkhapatraonline.com · Sat Jun 06 02:12:56 GMT 2026

धनकुटामा रहेको ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा पानढीकी टक्सार भवनको जीर्णोद्धार कार्य सुरु भएको छ। लामो समयदेखि ओझेलमा परेको उक्त सम्पदाको संरक्षण र पुनर्जीवनका लागि निरन्तर पहल भएपछि पुरातत्व विभागले चालु आर्थिक वर्षमा पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको हो।
राणाकालमा पूर्वी नेपालका लागि प्रशासनिक केन्द्र (गौंडा) रहेको धनकुटामा तामाका दुई पैसा र पाँच पैसाका सिक्का निर्माण गरिन्थ्यो। तामाको अभाव भएपछि सिक्का निर्माण कार्य बन्द भएसँगै पानढीकी टक्सार पनि प्रयोगविहीन बनेको थियो। समयक्रममा भवन जीर्ण बन्दै गएपछि यसको अस्तित्व नै सङ्कटमा पर्न थालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)