बाढी प्रभावितलाई पत्रकार महासंघ गुल्मीको एक लाख सहयोग
gorkhapatraonline.com · Sat Aug 29 01:20:54 GMT 2026

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले बाढी प्रभावित क्षेत्रका लागि एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा शनिबार बसेको कार्यसमिति बैठक तथा छलफलले तत्कालका लागि पहिलो चरणमा एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो। बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्यसँगै जिल्लाका पत्रकारहरूको समेत सहभागिता रहेको थियो।
महासंघ गुल्मीका सचिव सन्तोष महताराले बाढी प्रभावित क्षेत्रमा राहत पुगोस् भन्ने उद्देश्यले पहिलो चरणमा एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। सरकारले बाढी प्रभावितका लागि सहयोग आह्वान गरिरहेको र विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको अवस्थामा महासंघले पनि ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)