नसालु पदार्थ सेवन गराई सुनको गहना चोरी गर्ने महिला पक्राउ
lokaantar.com

रामेछापमा नसालु पदार्थ सेवन गराई एक महिलालाई बेहोस बनाएर सुनको गहना चोरी गरेको आरोपमा एक महिला र चोरीको गहना खरिद गरेको आरोपमा सुनचाँदी व्यवसायी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिका–६, नौरीकी ५४ वर्षीया विभा माझीलाई गत भदौ २४ गते दिउँसो अपरिचित महिलाले नसालु पदार्थ सेवन गराई बेहोस बनाएको र उनको दुवै कानमा लगाएको सुनको बेरुवा रिङ निकालेर त्यसको सट्टामा नक्कली गहना लगाइदिएको सूचना प्राप्त भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)