‘खाना खाएर निस्किउँला’ भनेकी पुष्पा बाढीपछि बेपत्ता, चार दिनदेखि परिवार पर्खाइमा
ratopati.com · Sat Aug 29 01:27:53 GMT 2026

धनगढी । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन भएकी छन् । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको बेत्रावती शाखा, रसुवामा फिल्ड अफिसरका रूपमा कार्यरत थिइन् ।
परिवारका अनुसार बाढी आएको दिन बिहानदेखि शाहीसँग सम्पर्क हुन सकेको छैन । उनको मोबाइलको अन्तिम लोकेसन नुवाकोटको विदुर नगरपालिका, जितेटार क्षेत्रमा देखिएको थियो । परिवारका अनुसार बाढी आउने दिन बिहान ११ बजेर २९ मिनेटमा उक्त स्थानमा मोबाइलको लोकेसन देखिएपछि मोबाइल बन्द भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)