तनहुँमा ३१ जनाको शव फेला
gorkhapatraonline.com · Sat Aug 29 01:29:06 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएका व्यक्तिको खोजीका क्रममा तनहुँमा हालसम्म ३१ जनाको शव भेटिएको छ ।
बाढीले बगाएर त्रिशूली नदी हुँदै तनहुँसम्म आइपुगेका शव देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका क्षेत्रबाट भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार भदौ १० गते आँबुखैरेनी र देवघाट गाउँपालिका क्षेत्रबाट नौ जनाको शव फेला परेको थियो । ती शवलाई पहिचान तथा आवश्यक प्रक्रियाका लागि गण्डकी अस्पताल पोखरा पठाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)