हुम्लामा साउनेपर्व मनाइयो
gorkhapatraonline.com · Sat Aug 29 01:26:22 GMT 2026

सिमकोट गाउँपालिकामा साउनेपर्व (जनैपूर्णिमा) हर्षोल्लासका साथ मनाइएको छ । विशेष गरी मठमन्दिर र माडुमा धामीहरू नाचेर यो पर्व मनाइन्छ ।
सिमकोट गाउँपालिका–५ को बाँडपाल देवताको माडुमा शुक्रबार दिनभर देवताका धामीहरू एकसाथ जम्मा भएर धामीनाच नाचेको स्थानीय नरेन्द्र रावतले बताउनुभयो । व्रत बसेका धामी आआफ्ना बाजा अनुसार लगातार पाँच दिन नाच्ने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)