गगनजी ! बचत खाता रित्तिएपछि बैंकमा ताला लाग्छ
nepalpress.com · Mon Sep 14 15:03:27 GMT 2026

नेपाली कांग्रेसको सभापति भइसकेपछि पनि यो प्रश्न न त फाल्तु हो, न त अशिष्ट । यो पार्टीको भविष्य, लोकतान्त्रिक धारको निरन्तरता र नयाँ पुस्ताले एउटा अनुहार मात्र होइन नेतृत्वको शृङ्खला देख्छ कि देख्दैन भन्ने प्रश्न हो । राष्ट्रिय स्वतन्त्र पार्टीले—जतिसुकै अपूर्ण भए पनि- वैकल्पिक कमान्डको चरणबद्ध अभ्यास सुरु गरेको छ । कांग्रेस अझै एउटै पुरुषको कक्षामा घुमिरहेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको पदभारपछि रास्वपाभित्र रवि लामिछानेको कुर्सी खाली हुने लगभग निश्चित छ । उहाँपछि स्वर्णिम वाग्ले बोलिइसकेका छन्, सोविता गौतम तयार छिन् । मनिष झालगायत अब हल्ला होइनन्, नाम हुन् । त्यहाँ उत्तराधिकारको बहस सार्वजनिक छ । प्रतिस्पर्धी छ । जीवित छ । कांग्रेसमा त्यो बहस गगन थापाको बचत खाता खुलेकै दिन मरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)