क्यासिनोमा नेपालीको जुवा, अझ केहिको खोजीमा प्रहरी
aarthiknews.com

वीरगन्ज । वीरगन्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिंगर क्यासिनोमा नेपाली नागरिक जुवा खेलिरहेको भिडियो सार्वजनिक भएपछि क्यासिनो सञ्चालनको नियमन, प्रहरीको कारबाही र सार्वजनिक पदमा रहेका व्यक्तिको आचरणमाथि गम्भीर प्रश्न उठेको छ।
सार्वजनिक भएको भिडियोमा पर्साका दुई गाउँपालिका अध्यक्ष, एक प्रहरी निरीक्षकसहित केही नेपाली नागरिक क्यासिनोमा जुवा खेलिरहेको देखिन्छन्। भिडियो सार्वजनिक भएपछि प्रहरीले सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। उनीहरूमाथि जुवा सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)