भोटेकोशी बाढीपीडितका लागि गायक उदितनारायणको परिवारद्वारा ५ लाख सहयोग
nagariknews.nagariknetwork.com · Mon Sep 14 15:23:16 GMT 2026

विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख आर्थिक सहयोग गरेको छ।
गायक झाकी धर्मपत्नी दीपानारायण झा तथा छोरा आदित्यनारायण झाका तर्फबाट साधना कला केन्द्रमार्फत उक्त सहयोग रकम प्रदान गरिएको हो। सहयोगस्वरूपको चेक आज अर्थमन्त्री स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)