पुँजी बजार सुधारका लागि अर्थ मन्त्रालयले ल्यायो २१ बुँदे कार्ययोजना
lokaantar.com

अर्थ मन्त्रालयले पुँजी बजारको सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । पछिल्लो समय बजारमा देखिएको मन्दी तथा अन्य आर्थिक प्रतिकूलतालाई ध्यानमा राख्दै बजारलाई गति दिने उद्देश्यले कार्ययोजना ल्याइएको मन्त्रालयले जनाएको छ ।
कार्ययोजनामा धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ) लाई बजारमुखी बनाउँदै मूल्य अन्वेषण (प्राइस डिस्कभरी) प्रणाली लागू गर्न आवश्यक कानुनी व्यवस्था गर्ने उल्लेख छ । साथै म्युचुअल फन्ड, कर्पोरेट बन्ड तथा ग्रिन बन्ड र सामाजिक ऋणपत्रको बजार विकासमा जोड दिइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)