सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे
shilapatra.com · Sat Jun 27 12:00:00 GMT 2026

विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन् । सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढेको स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक हिरादेवी निरौलाले पाँच वर्षमा क्यान्सरको उपचारबापत सहुलियत लिने बिरामी दोब्बरले बढेका जानकारी दिइन् ।
उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हजार १८७ क्यान्सरका बिरामी रहेकामा आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६७८ जना पुगेका छन् । उनले क्यान्सरको जनचेतना कमीले क्यान्सर रोग लाग्ने गरेको बताइन् । ‘क्यान्सरको जनचेतनाको कमीले क्यान्सर रोग लाग्ने गरेको पाइएको छ,’ उनले भनिन्, ‘सरकार नागरिक समाज सबैले क्यान्सर रोगबाट बचाउन जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)