रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
reportersnepal.com · Mon Sep 14 15:49:57 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुगेको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण ती १३ आयोजनामा कम्तीमा २५ करोड २५ लाख बराबरको क्षति भएको छ । बाढीबाट एक हजार ६२३ जना नागरिक सुरक्षित खानेपानी सुविधाबाट प्रत्यक्ष प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)