बिर्तामोडमा ‘इक्यान लिडर्स मिट ३.०’ हुँदै
reportersnepal.com · Mon Sep 14 16:03:39 GMT 2026

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को तेस्रो राष्ट्रिय नेतृत्व भेला ‘इक्यान लिडर्स मिट ३.०’ झापाको बिर्तामोडमा आयोजना हुने भएको छ। इक्यान झापा शाखाको आतिथ्यमा आगामी असोज २ देखि ४ गतेसम्म कार्यक्रम सञ्चालन गरिनेछ।
अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूको नेतृत्व क्षमता अभिवृद्धि, संस्थागत सुशासन सुदृढीकरण र बदलिँदो शैक्षिक परिवेशमा इक्यानको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)