मुटुसम्बन्धी समस्या भएका १२ वर्षीय बालकको हेलिकप्टरबाट उद्धार
reportersnepal.com · Mon Sep 14 16:08:04 GMT 2026

काठमाडौँ । बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–५ का मुटुसम्बन्धी समस्या रहेका १२ वर्षीय बालकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ।
मुटुसम्बन्धी समस्या रहेका बालकलाई तत्काल उपचार आवश्यक देखिएपछि स्थानीय तह, नेपाली सेना र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा आज उद्धार गरिएको हो। उद्धारपछि बालकलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)