‘जसले एआईमा जित्छ, उसले जित्छ’ : एआई नियमनको विषयमा ट्रम्पको आपत्ति
ratopati.com · Mon Sep 14 16:48:10 GMT 2026

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईमा थप सरकारी निगरानी र सुरक्षा सीमाको मागको विरोध गर्दै एआई तथा डाटा सेन्टरविरुद्ध ‘घृणित षड्यन्त्र’ भइरहेको आरोप लगाएका छन् । उनले एआईलाई नियन्त्रण गर्न बलियो र उच्च बौद्धिक क्षमता भएको राष्ट्रपतिको नेतृत्व नै पर्याप्त हुने दाबी गरेका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा प्रतिक्रिया दिँदै ट्रम्पले एआई क्षेत्रमा कडा नियमन लागू गर्दा अमेरिकाको प्रविधि विकास र चीनसँगको प्रतिस्पर्धामा असर पर्न सक्ने बताएका छन्। उनका अनुसार एआई तथा डाटा सेन्टरविरुद्ध भइरहेका प्रयासबाट फाइदा उठाउने एक मात्र देश चीन हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)