पहिलो हाफमा अर्जेन्टिालाई अग्रता
nepalviews.com · Mon Jun 22 17:54:56 GMT 2026
काठमाडौं । फिफा विश्वकपमा अहिले युरोपेली टिम अस्ट्रिया र दक्षिणी अमेरिकी डिफेन्डिङ च्याम्पियन टिम अर्जेन्टिानबीच खेल भइरहेको छ । समूह जे को खेलमा अर्जेन्टिनाले पहिलो हाफमा एक-शून्यको अग्रता लिएको छ । अर्जेन्टिनाका लागि लियोनल मेस्सीले गोल गरेका छन् । उनले खेलको ३८ औँ मिनेटमा गोल गरी विश्वकीर्तिमान कायम गरेका छन् ।
मेस्सीले ६ वटा विश्वकपबाट गोल संख्या १७ पूरा गरेका छन् । यो हालसम्मकै सर्वाधिक गोल संख्या हो । मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको विश्वकीर्तिमान तोडेर सर्वकालिक महान खेलाडीका स्थानमा आफूलाई उभ्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)