प्रतिबन्धित भेपसहित चार जना पक्राउ
ratopati.com · Mon Sep 14 17:38:49 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रतिबन्धित विद्युतीय चुरोट (भेप)को भण्डारण तथा बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रतिबन्धित भेपको कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट दुई हजार ७७० थान भेप बरामद गरेको छ । पक्राउ पर्नेमा धादिङका पूर्णलाल श्रेष्ठ, काठमाडौँका शुभम गुप्ता, राजन मोक्तान र काभ्रेपलाञ्चोकका सक्षम श्रेष्ठ छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)