धनुषामा पेस्तोलसहित दुई युवक पक्राउ
baahrakhari.com · Sat Jun 27 12:25:49 GMT 2026

जनकपुरधाम । धनुषामा पेस्तोलसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार (असार १३) जनकपुर उपमहानगरपालिका–९, थापाचोकबाट एकथान पेस्तोलसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ का १८ वर्षीय सुधीर मुखिया रहेका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)