गुणस्तरीय शिक्षाको प्रवर्धन
gorkhapatraonline.com · Sat May 30 00:05:37 GMT 2026

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गर्नुभएको हो । जस अनुसार सरकारले गुणस्तरीय शिक्षाको प्रवर्धनका लागि देशभरका सामुदायिक विद्यालयको पूर्वाधार आवश्यकता पहिचान गर्न एक अर्ब रुपियाँ विनियोजन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले उक्त रकमबाट सामुदायिक विद्यालयको भौतिक सुविधा कस्तो छ, कुन विद्यालयमा कुन सुविधा थप्नु पर्छ तथा विद्यार्थी कति छन्लगायत विषयमा अध्ययन मात्रै गरिने छ । अध्ययन एक वर्षभित्रमा सम्पन्न गरिने छ । अध्ययन गरिसकेपछि आवश्यकताका आधारमा भौतिक सुविधा वृद्धिका लागि थप रकम आवश्यक पर्छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र २०८३/८४ देखि एमबिबिएसलगायत चिकित्सा शिक्षाका चार कार्यक्रम सञ्चालन गरिने घोषणा गरिएको छ । विद्यालय तहदेखि उच्च शिक्षासम्म लक्षित छात्रवृत्ति कार्यक्रमका लागि आठ अर्ब ६० करोड रुपियाँ छुट्याइएको छ । सङ्गीत, कला तथा साहित्य अध्ययनलाई प्रवर्धन गर्ने नीति अन्तर्गत त्रिपुरेश्वरस्थित महादेव मन्दिरपरिसरमा गुठी रिसर्च इन्स्टिच्युट तथा एथ्नोम्युजिकोलोजी सेन्टर स्थापना गरिने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)