राजस्थानलाई हराउँदै गुजरात टाइटन्स आइपिएलको फाइनलमा
barnanmedia.com · Sat May 30 01:22:10 GMT 2026
काठमाडौं । गुजरात टाइटन्स जारी आइपिएलको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
राजस्थानले दिएको २१५ रनको लक्ष्य पछाएको गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा कप्तान शुभमन गिलले १०४ रनको शतकीय पारी खेलेका थिए भने साइ सुदर्शनले ५८ रन बनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)