पहिचान नभएका शवको व्यवस्थापन
ratopati.com · Mon Sep 14 20:33:23 GMT 2026

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको पहिचान नभएका शवको यहाँको विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा व्यवस्थापन गरिएको छ ।
रसुवाको विभिन्न स्थानबाट सङ्कलन गरिएको ६३ र नुवाकोटको दुईसहित ६५ शवको व्यवस्थापन गरिएको हो । यसअघि नुवाकोट र रसुवाबाट सङ्कलन भएका शव काठमाडौँ पठाउँदै आएकोमा स्थान अभावको कारण जिल्लामा नै व्यवस्थापन गर्न भनेसँगै ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम सङ्कलन गरिएका शवको खाडलमा पुरेर व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)