समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा श्रेष्ठ
ratopati.com · Sun Feb 16 17:24:00 GMT 2025

काठमाडौँ । समाजवादी प्रेस सङ्गठनको दोस्रो राष्ट्रिय भेलाले सङ्गठनको संस्थापक अध्यक्ष शम्भु श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा हृदय भुसाल, महासचिवमा रोहित दाहाल, कोषाध्यक्षमा भरतराज पोखरेललाई मनोनित गरेको हो ।
रिक्त रहेका ती पदमा नेतृत्व छनोट गर्न भेला बोलाइएको हो । यसअघि महाधिवेशनले निर्वाचित गरेको कार्यसमितिलाई सोही पदमा रहने व्यवस्थालाई भेलाले अनुमोदन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)