गोलीकाण्डपछि फिलिपिन्सको स्वायत्त मुस्लिम क्षेत्रमा मतदान सुरु
barnanmedia.com · Mon Sep 14 21:15:00 GMT 2026

फिलिपिन्सको स्वायत्त मुस्लिम क्षेत्रमा सोमबार पहिलो निर्वाचित संसद्का लागि मतदान सुरु भएको छ। मतदान सुरु हुनुअघि कोटाबाटोस्थित एक मतदान केन्द्रबाहिर भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए।
यो निर्वाचन दशकौँ लामो सशस्त्र द्वन्द्व अन्त्य गर्ने शान्ति प्रक्रियाको महत्वपूर्ण परिणाम हो। यही प्रक्रियाबाट देशको दक्षिणी क्षेत्रमा ‘बाङसामोरो अटोनोमस रिजन इन मुस्लिम मिन्डानाओ’ (बार्म) स्थापना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)