सञ्चालनमा आयो धरानको ‘स्मार्ट बसपार्क’
nepalnews.com · Sat Jun 27 12:42:01 GMT 2026

सुनसरी। धरान उपमहानगरपालिका ८ मा रहेको ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ।
धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले आज (शनिबार) आयोजित एक कार्यक्रमबीच बसपार्कको उदघाटन गरे। संघीय सरकार र धरान उपमहानगरपालिकाको ५०-५० प्रतिशत आन्तरिक स्रोतबाट करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो। कुल ३३ करोड ७० लाख ४७ हजार ३३७ रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणको जिम्मा बिकोइई गीताञ्जली जेभी, दुहबी सुनसरीले पाएको थियो। निर्माण कम्पनीले २५ करोड ४१ लाख ६७ हजार ३१९ रुपैयाँमा ३० असार २०७८ मा ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)