मुस्ताङमा आजदेखि जलवायु सम्मेलन
barnanmedia.com · Mon Sep 14 22:31:11 GMT 2026

मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै हुनुहुन्छ । सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन् ।
सोमबार साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो । अतिथिलाई स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)