बाढी–पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, वैकल्पिक मार्गबाट आवागमन
gorkhapatraonline.com · Sat Aug 29 02:10:43 GMT 2026

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य तथा सहायक राजमार्ग अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनको आवागमन प्रभावित भएको छ भने जोखिमयुक्त सडकखण्डमा सुरक्षा सतर्कता बढाइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यकासहित कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा बाढी तथा पहिरोका कारण यातायात प्रभावित भएको हो। कतिपय सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)