उत्पादन, कनेक्टिभिटी र संस्कृतिका रूपमा विकास गर्ने
gorkhapatraonline.com · Sat May 30 04:55:39 GMT 2026

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेश प्रदेश तथा तराई–मधेश क्षेत्रलक्षित कृषि, पूर्वाधार, खानेपानी, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रका विभिन्न महìवाकाङ्क्षी कार्यव्रmम अघि सारेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा मधेशलाई उत्पादन, कनेक्टिभिटी र सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गरिएको छ ।
सरकारले सुनकोशी–मरिण डाइभर्सन आयोजनाबाट सिञ्चित हुने एक लाख २२ हजार हेक्टर क्षेत्रलाई आधार बनाएर ‘मध्य मधेश चतुर्भुज’ निर्माण गर्ने घोषणा गरेको छ । हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्ग विस्तारका बाँकी काम सम्पन्न गरी कृषि तथा उद्योग प्रवर्धन गरिने उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)