बाढीको असर : त्रिविका सबै परीक्षा स्थगित
himalpress.com · Sat Aug 29 02:23:41 GMT 2026

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालय बल्खु र सम्बन्धित डीन कार्यालयहरूमार्फत सञ्चालित सम्पुर्ण परीक्षाहरू स्थगित गरेको छ।
रसुवा जिल्लाको रसुवागढी भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण सिर्जित प्राकृतिक विपद्को अवस्थालाई मध्यनजर गर्दै विश्वविद्यालयले यो निर्णय लिएको हो। भदौ १२ गते बसेको त्रि.वि. कार्यकारी परिषदको बैठकले विपद्का कारण परीक्षार्थीहरूलाई पर्न सक्ने कठिनाइलाई ध्यानमा राख्दै हालका लागि सबै परीक्षाहरू रोक्ने निर्णय गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)