फ्रान्स र इराकबीचको खेल वर्षाले रोकियो
kendrabindu.com · Tue Jun 23 00:38:29 GMT 2026
पेन्सिलभेनिया । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को फ्रान्स र इराकबीचको खेल वर्षाले स्थगित भएको छ। अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया स्टेडियममा भइरहेको खेलको खेलको पहिलो हाफअघि फ्रान्सले १ गोलको अग्रता बनाएको थियो।
पहिलो हाफपछि सुरु भएको वर्षा र सम्भावित आँधीको कारण खेल स्थगित भएको हो। रोकिएको खेल कहिलेदेखि सुरु हुन्छ फिफाले जानकारी गराएको छैन। अहिले पनि पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया स्टेडियममा वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)