हालसम्म एक हजार ३९५ शव फेला, पाँच हजार १३० जना अझै सम्पर्कविहीन
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ। भोटेकोशी बाढीमा परी हालसम्म १,३९५ जनाको शव फेलापरेको छ भने ५,१३० जना अझै सम्पर्कविहीन छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२, तनहुँमा ३८ र उपचारका क्रममा काठमाडौँमा २ जनाको मृत्यु भएको छ। फेलापरेकामध्ये १०४ शवको सनाखत भएको र बाँकीको डिएनए परीक्षणबाट पहिचान प्रक्रिया अघाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)