उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल
ratopati.com · Tue Sep 15 00:55:16 GMT 2026

काठमाडौँ । युवा अभियन्ता तथा ग्लोबल यूथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिवमा नियुक्त भएका छन् । अर्याललाई आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकले महासचिव पदमा नियुक्त गरेको हो । उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक प्रवेश गराएका हुन् ।
उनीसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद छटोट, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रीय सदस्यका रूपमा पार्टी प्रवेश गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)