काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्यो चार गोल
khabarhub.com · Tue Sep 15 01:01:48 GMT 2026
काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१ को फराकिलो जित दर्ता गरेको छ। एल्यान्ड रोडमा सोमबार राति सम्पन्न खेलमा लिड्सलाई जिताउन स्ट्राइकर डोमिनिक काल्भर्ट-लेविनले १ गोल गर्नुका साथै १ असिस्ट प्रदान गरे।
खेल अवधिभर न्युकासलको डिफेन्सलाई दबाबमा राखेका २९ वर्षीय काल्भर्ट-लेविनले दुई गोलको अवसर सिर्जना गरेका थिए। योसँगै उनले न्युकासलविरुद्ध आफ्नो व्यक्तिगत गोलसङ्ख्या ८ पुर्याएका छन्। खेलको अन्तिम समयमा उनी मैदानबाट बाहिरिँदा समर्थकले उभिएर स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)