पुनर्निर्माणमा स्रोतको कमी हुँदैन : प्रधानमन्त्री
gorkhapatraonline.com · Tue Sep 15 01:09:02 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट क्षतविक्षत भएका मानव बस्ती, सडक, पुललगायत भौतिक संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आर्थिक स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बाढी प्रभावित नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यसँग छलफल गर्दै उहाँले सरकारसँग उपलब्ध तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन परिचालन गरी पुनर्निर्माण तथा पुनस्र्थापनाको काम अघि बढाउने बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)